अब भारतदेखि चितवनसम्म पाईपबाटै डिजेल र ग्यास
काठमाडौँ। भरतबाट पाईपलाइन मार्फत अमलेखगंजसम्म डिजेल आयात सुरु गरेको नेपाल आयल निगमले खाना पकाउने ग्यास पनि पाईपलाईनबताई ल्याउने भएको छ।
भारत मोतिहारीबाट चितवनसम्म खाना पकाउनेग्यास ल्याउन पाईपलाइन निर्माण गर्न निगम र इन्डियन आयल कर्पोरेशन (आइओसी) बिच सहमति भएको छ। मोतिहारी-अमलेसगंज पेट्रोल पाइपलाइन चितवनसम्म विस्तार गर्ने सहमती पनि दुवै पक्षबीच भएको छ।
करिब २५ अर्ब रुपियाँ लागतमा ग्यास पेट्रोलियम पाइपलाइन र भण्डारण स्थल निर्माण गरिने छ। निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार ग्यास र पेट्रोलियम पदार्थ ढुवानीका लागि चितवनसम्म पाईपलाइन विस्तार गर्ने सहमती आइओसी संग भएको हो।
यो समाचार आजको नागरिक दिलिप पौडेलले लेखेका छन।
पाईपलाइन