भोलिदेखि जापानी भाषा परीक्षा, एक हजारलाई मात्र मौका

काठमाडौंः जापानी भाषा परीक्षा भोलिदेखि सञ्चालन हुने भएको छ । नर्सिङ केयर (केयर गिभर) का लागि पहिलो चरणको भाषा परीक्षा आइतबारदेखि हुन लागेको हो।
जापान फाउनडेसनका अनुसार आवेदन दिएका मध्येबाट परीक्षाका लागि एक हजार जना छानिएका छन्।
हजारौंले अनलाइनमार्फत आवेदन दिएका भए पनि हजार जनाले मात्रै परीक्षा दिन पाउनेछन् । लक्की ड्रमार्फत परीक्षार्थी छानिएको जापान फाउन्डेसनको दाबी छ। परीक्षामा पास हुने मात्रै नर्सिङ केयरमा छनोट हुन पाउनेछन्।
जापानी भाषा परीक्षा केयर गिभर