News

शनिदोषबाट बच्नका लागि शनिवारको दिन अपनाउनुहोस् यी उपाय, खुल्नेछ भाग्य

शनिदोषबाट बच्नका लागि शनिवारको दिन अपनाउनुहोस् यी उपाय, खुल्नेछ भाग्य

काठमाडौंः हिन्दु धर्म संस्कृतिमा प्रत्येक दिन प्रत्येक भगवानका लागि खास हुने बताइन्छ । प्रत्येक दिन र वारको पनि छुट्टाछुट्टै महत्व रहेको विभिन्न धर्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ । आज शनिवार स्वाभावैले शनिवारलाई शनिदेवको बिशेष दिन मान्ने गरिन्छ । नौ ग्रहहरुमध्ये शनि ग्रह सबैभन्दा शक्तिशाली ग्रह हो ।  त्यसकारण शनिवारको दिन शनिलाई असर पर्ने खालको कुनै पनि काम नगर्न भनि धर्मशास्त्रमा उल्लेख गरिएको छ ।  

– आज हामी शनिदेवको दोषबाट मुक्ति पाउनका लागि अपनाउनुपर्ने केहि उपायका बारेमा बताउन जादै छौं जसले शनिदोषबाट त मुक्ति पाइन्छ नै तथापी जीवनभर शनिदेवको कृपा रहने बिश्वास गरिन्छ।

– शनिको दोषबाट मुक्ति पाउनका लागि शनिवारको दिन आँखा नभएको मानिसलाई कालो जामुन खुवाउनाले जीवनभर शनिदेवको कृपा रहिरहने बिश्वास गरिन्छ । 

– शनिवारको दिन कालो कुकुरलाई रोटि खुवाउनाले पनि शनिको दोषबाट मुक्ति पाउन सकिन्छ।  

– शनिदेवलाई खुसि पार्नका लागि तथा शनिदोषबाट मुक्ति पाउनका लागि शनिवार महामृत्युञ्जयको मन्त्र जप गर्नु आवश्यक छ।  

– शनिवारको दिन शनिदेवको मन्दिरमा गई शनिदेवलाई सर्स्युको तेल चढाउदा पनि बिशेष लाभ हुने बिश्वास गरिन्छ।  

यदि तपाईलाई शनिदोष छ र शनिदेवको कृपा पाउन चाहनुहुन्छ भने शनिवारको दिन "ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः या ॐ शनैश्चराय नमः मन्त्र जप गर्नुहोस जसले शनिदेवको कृपा त मिल्छ नै साथमा समस्त ग्रहदोषबाट मुक्ति पाइन्छ।  

शनिवार शनिदेव

विशेष