News

पूर्वसभासद कमला सुवेदीको ब्रेन ट्युमरको कारण निधन

पूर्वसभासद कमला सुवेदीको ब्रेन ट्युमरको कारण निधन

काठमाडौंः पूर्वसभासद कमला सुवेदीको ५० बर्षको उमेरमा निधन भएको छ । तत्कालीन नेकपा (एमाले) को केन्द्रीय सदस्यसमेत रहेकी सुवेदीको ब्रेन ट्युमरका कारण मृत्यु भएको बताईएको छ ।  

सुबेदीको अन्तिम संस्कार शनिवार बिहान पशुपति आर्यघाटमा गरिएको छ ।  सुवेदीको पार्थिव शरीरमा नेकपाका नेता माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएका छन् ।

उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न महासचिव विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहरालगायतका नेता कार्यकर्ताहरु आर्यघाट पुगेका छन् । सुबेदीका श्रीमान, एक छोरा र एक छोरी रहेका छन् ।  

निधन कमला सुवेदी

विशेष