News

गाईको गोबर प्रयोग गरि बनाईएको साबुन बजारमा !

गाईको गोबर प्रयोग गरि बनाईएको साबुन बजारमा !

यतिबेला मानिसहरु रासायनिक बस्तुको उपयोग गरि निर्माण गरिएको सामग्री भन्दा पनि प्राकृतिक संसाधन प्रयोग गरि निर्माण गरिएको सामग्रीहरु प्रयोग गर्न रुचाउन थालेका छन।  यसै अनुरुप भारतमा गाईको गोबर प्रयोग गरि बनाईएको साबुन प्रयोगमा ल्याईएको छ।  

 भारत सरकारको खादी ग्रामोद्योग विभागले केमिकलरहित सामग्रीको प्रयोग गर्ने योजनाका साथमा यो साबुन तयार पारेको हो।  

भारत सरकारले यस साबुनको मुल्य अन्य साबुनको भन्दा केहि बढी तोकेको छ। १२५ ग्राम तौल भएको यसको मुल्य १२५ भारु रहेको  छ। 

गाईको गोबरबाट बनेको यस साबुनले शरीरमा कुनै असर नगर्ने र छालालाई प्राकृतिक रुपमा स्वस्थ र चम्किलो बताईएको छ।  यो संगै भारतमा प्लाष्टिक प्रयोगमा  रोक लगाउने भन्दै बाँसको बोतल पनि प्रयोगमा आउँ थालेको छ।     

 

विशेष