सन् २०२१ का लागि डिभी चिट्टा खुल्यो, आवेदनका लागि पासपोर्ट नम्बर अनिवार्य

सन् २०२१ का लागि डिभी चिट्टा खुल्यो, आवेदनका लागि पासपोर्ट नम्बर अनिवार्य

काठमाडौं : सन् २०२१ को लागि अमेरिकी डा-इभर्सिटी भिसा (इ-डीभी) को लागि आवेदन खुल्ला भएको छ। संयुक्त राज्य अमेरिकाले २०१९ अगष्ट २ देखि नोभेम्बर ५ सम्म आनलाइनमार्फत इ-डिभिका लागि आवेदन खोल्ला गरेको हो। 

अमेरिकाको आप्रवासी ऐन (इमिग्रेसन एण्ड नेशनालिटी एक्ट) को व्यवस्थाअनुसार डिभीमार्फत यस वर्ष ५५ हजार जनाका लागि भिसा उपलब्ध गराइने छ। https://occupygh.com/us-dv-lottery-2021 मा डिभी भरेवापत कुनै शुल्क लाग्ने छैन। अमेरिकामा कम आप्रवासी भएका मुलुकका नागरिकलाई अमेरिकाले चिठ्ठामार्फत भिसा उपलब्ध गराउँछ। 

अघिल्ला वर्षका शर्त यथावत राख्दै यसपटक अमेरिकाले डिभी भर्नका लागि पासपोर्ट नम्बर र इमेल अनिवार्य चाहिने नयाँ व्यवस्था गरेको छ। साथै जारी गरिएको देश र पासपोर्टको म्याद अवधि पनि उल्लेख गर्नु पर्नेछ। 

यो योजनाअनुसार एक जनाले एकपटक मात्र आवेदन दिन पाउने छन्। अन्यथा पटकपटक आवेदन दिएको पाइएमा उक्त व्यक्ति इडिभीका लागि अयोग्य ठहरिने छन्। नेपालसँगै भारत र पाकिस्तानसहित १७ देशका नागरिकले पनि इ-डिभी आवेदन खुल्ला गरिएको हो।

डिभी खुल्यो पासपोर्ट नम्वर अनिवार्य

संम्बधित खबर

विशेष