विदेश

इराकमा सरकारविरोधी प्रदर्शन : ४० जना मारिए

इराकमा सरकारविरोधी प्रदर्शन : ४० जना मारिए

एजेन्सी । इराकमा भएको सरकार विरोधी प्रदर्शनको क्रममा कम्तिमा ४० जनाको मृत्यु भएको छ । रोजगार तथा सार्वजनिक सेवा सुधारको माग गर्दै जारी विरोध प्रदर्शन हिंसामा परिणत हुँदा प्रदर्शनकारीहरुको मृत्यु भएको हो ।

इराकभर भएका प्रदर्शनको क्रममा झण्डै दुई हजार मानिस घाइते भएका छन् । राजधानी बग्दादमा दुई जनाको प्रहरीले प्रहार गरेको अश्रु ग्यासले लागेर मृत्यु भएको बताइएको छ । प्रदर्शनकारीलाई भगाउन प्रहरीले अश्रुग्यास तथा रबरका गोली हानेको बताइएको छ ।

प्रदर्शनमा सहभागीहरुले रोजगार, सुधारिएको सार्वजनिक सेवा तथा भ्रष्टाचारको अन्त्यको माग गरेका छन् । गत अक्टोबरमा भएको प्रदर्शनमा पनि १ सय ५० जनाको मृत्यु भएको थियो ।

इराकी प्रधानमन्त्री अदेल अब्दुल महदीले जनताले शान्तिपूर्वक प्रदर्शन गर्न पाउने भन्दै हिंसा भने स्वीकार्य नभएको बताएका छन् । महदी प्रधानमन्त्रीमा चयन भएको हिजो एक बर्ष पुगेको विरोधमा देशभर प्रदर्शन भएको हो ।

विशेष