News

चाणक्यका यी नीति जसले जिवनमा सफल हुन प्रेरित गर्छ

चाणक्यका यी नीति जसले जिवनमा सफल हुन प्रेरित गर्छ

संसारमा चाणक्यलाई नचिन्ने अनि उनको नीतिलाई अबलम्वन नगर्ने सायदै होलान। चाणक्यलाई एक महान राजनीतिज्ञ, अर्थशस्त्री, परम ज्ञानी व्यक्तित्वका रुपमा लिइन्छ।  उनको नीतिले चंद्रगुप्त ,मौर्यजस्ता साधारण व्यक्तिलाई पनि सम्राट बनाईदिएको छ।  

चाणक्य नीतिले जिवनमा हमेशा अघि बढ्न, मनोबल उच्च राख्न र संघर्ष गर्नमा प्रेरणा दिने गर्छ। यहि सन्दर्भमा आज हामी यस्ता केहि चाणक्य नीतिका बारेमा बताउन जादै छौं जसले जीवनमा अगाडी बढ्न र सफलता पाउनका लागि सहायक भूमिका निर्वाह गर्दछ , आउनुहोस 

-चाणक्यका अनुसार 'मानिसले ज्ञान भन्ने कुरा दोस्रोको गल्तिबाट सिक्ने गर्छ। यदि उसले यसलाई आफूमाथि नै प्रयोग गर्न खोज्यो नयाँ ज्ञान सिक्नका लागि उसको उमेर कम हुन्छ।'  

-त्यस्तै 'मित्रता सधै आफ्नै बराबरीको मान्छेसंग मात्र स्थापित गर्नुपर्छ।  यदि त्यो आफ्नो बराबरीको छैन भने उसंगको संगत व्यर्थ हो ।'  

-धेरै मानिस आफ्नो गन्तब्य बदल्न डराउने गर्छन जीवन जस्तो चल्दै छ त्यसैमा रमाउन चाहन्छन। तर जसले यी सबैको भिडबाट अलग्गिएर केहि फरक गर्ने कोशिस गर्छ त्यो नै असलमा सफल व्यक्ति हो।  

-बितेको समयमा गरिएको गल्तीलाई लिएर कहिल्यै पनि पछुतो नमान्नुहोस, समझदार व्यक्ति जहिले पनि बर्तमानमा केन्द्रित हुन्छ , भविष्यमा होइन।  

-बिद्यासंग मितेरी गास्नुहोस्, शिक्षित व्यक्ति हरेक ठाउँमा सम्मानित हुन्छ।  बिद्याको अगाडी बल र सुन्दता पनि निरर्थक छ ।   

 

चाणक्य नीति

विशेष