उपराष्ट्रपति रोल्पामा, तिहार पुर्ख्याैली घर डाँडागाउँमा हुने
रोल्पा । उपराष्ट्रपति नन्दबहादुर पुनको तिहार आफ्नो पुख्यौली घर रोल्पामा हुने भएको छ । रोल्पाको परिवर्तन गाउँपालिका–२, रासीको डाँडागाउँमा जन्मघर भएका पुन तिहार मनाउन रोल्पामा छन । पहिलो कार्यकाल उपराष्ट्रपति भएका बेला घर पुगेका उपराष्ट्रपति पुन दोस्रो कार्यकालमा पहिलो पटक त्यहाँ पुगेका हुन्। उपराष्ट्रपति पुनले तिहारमा दिदीबहिनीको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम छ।
स्थानीय सरकार गठनपछि पहिलोपटक गृह गाउँ पुगेका उपराष्ट्रपतिलाई स्थानीयले झाकी तथा बाजागाजासहित भव्य स्वागत गरेका थिए। आफ्नो गाउँपालिकामा उपराष्ट्रपतिको आगमनले आफूहरु निकै हर्षित भएको गाउँपालिकाका अध्यक्ष निमकान्त डाँगीले प्रतिक्रिया दिए।