News

धर्मसंस्कृति जोगाउन सबैले योगदान गरौँ : मन्त्री पण्डित

धर्मसंस्कृति जोगाउन सबैले योगदान गरौँ : मन्त्री पण्डित

मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले धर्म र संस्कृतिलाई बचाउन सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन् । विराटनगर–२ तीनपैनी पूर्वमा निर्माण हुने चित्रगुप्त, छठीमाताको मन्दिर एवं सामुदायिक भवनको आज शिलान्यास गर्दै उनले संस्कृति र धर्म हाम्रो परम्परा हो, यसको जगेर्नाबाट नै समाजलाई एकतामा बाँध्न सकिने कुरामा जोड दिए ।

उनले नवनिर्माण हुने बहुतले सामुदायिक भवनको गुणस्तरीयतामा कमी आउन दिन हुँदैन भन्दै यो भवन हाम्रो धार्मिक र सामाजिक आस्थाको धरोहर हुने चर्चा गरे । उनले स्थानीय जनताले उत्साहका साथ मन्दिर निर्माणमा तीव्रता दिन आग्रह गर्दै संघीय सरकारले आवश्यक थप बजेटको व्यवस्था गर्ने आश्वासनसमेत दिए ।

मन्त्री पण्डितले स्थानीय जनताका सहयोगले निर्माण हुन भवनबाट यस क्षेत्रका जनता लाभान्वित हुने विश्वास व्यक्त गरे । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामाजिक कार्यमा सहयोग गर्न तीन तहको सरकारको सहयोग रहने बताउँदै समाजको विकासका लागि सबैको साझेदारी आवश्यक रहेको धारणा व्यक्त गरे ।

विशेष