मसला र मिठाइ किन्दै हुनुहन्छ ? सावधान !

मसला र मिठाइ किन्दै हुनुहन्छ ? सावधान !

काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारले छपक्कै छोएको छ । तिहारका लागि मिठाइ, मसला अचेल विभिन्न स्थानमा बेच्न राख्न थालिएको छ । तर मिठाइ र मसला खरिद गर्दा सावधान हुनुहोला किनकी तिहारका लागि बजारमा राखिएका अधिकांश मिठाई पसलमा मापदण्ड विपरीत रङ प्रयोग हुने गरेको पाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा राजधानीका धेरै पसलमा मापदण्ड विपरीतका रङयुक्त मिठाई भेटाएको हो । अर्कोतर्फ हानिकारक रसायनयुक्त सप्तरंगी टिका समेत सडक देखि पसलसम्म बेचिने गरेको पाइएको छ । रङ प्रयोग गरिएका खानेकुरा स्वास्थ्यका लागि जोखिम हुने चिकित्सक बताउँछन् । भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक डा. पुण्यराम खर्बुजाले मिठाई, फूलमाला लगायतको अत्यधिक प्रयोग क्यान्सरको कारक बन्ने जनाए ।

‘रङ मिसेको खानेकुरा शरीरका लागि घातक छन् । यस्ता खानेकुराले अन्य रोगसँगै क्यान्सरको प्रबल सम्भावना छ किनकी रङमा लिड अक्साइड, कपर सल्फेट, कोबाल्ट जिंक, मर्करी तथा अब्रकको धुलो, अल्मुनियम ब्रोमाइड लगायत मिसाइएको हुनाले यस्ता वस्तु मिसिएको खानेकुरा शरीरका लागि अत्यन्त घातक हुने उनको भनाइ छ । त्यसो त तिहारमा मिठाइ बढी खपत हुन्छ । मिठाई तिहारमा बिक्री हुने मौका छोपेर प्यापारीले जथाभावी हानिकारक अखाद्य बस्तु बेच्ने गरेकाले पनि समस्या देखिएको हो । 

यस्तो छ मापदण्ड

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाईमा ५ किलो बराबर १ ग्राम खाद्य रङ प्रयोग गर्न पाउने गरी मापदण्ड तोकेको छ। तर चाडपर्वको मौका छोपी व्यापारीले मापदण्ड मिचेर खानेकरा बचारमा बेच्न पठाउँछन् । फलतः क्षणिक मुख मीठो भएपनि दीर्घकालिन रोगको खतरा हुन्छ ।

व्यापारीले नक्कली दूधबाट निर्मित खुवाको मिठाई छ्याप्छ्याप्ती बेचिरहेका छन्। माथिल्लो तहमा सेतो टल्किने चाँदीको जलप लागेको मिठाईमा निकेल, लेड, क्रोमियम र क्याडियम तत्व भेट्टाईएको छ र यसले क्यान्सर, कलेजो, मिर्गौला र घाँटीसम्बन्धी रोग लाग्न सक्छ।

चाडपर्वमा अनुगमन ?

चाडपर्वका बेला अनुगमन कम हुने भएकाले पनि व्यापारीले मौका छोप्छन् । तर, वाणिज्य आपूर्ति तथा उपभोत्ता संरक्षण विभागका निर्देशक शोभाखर रेग्मीले भने चाड पर्वको बेला जनशक्ति सीमित हुने भएपनि अनुगमन भने नछाडेको जानकारी दिए । विभागले चालु बर्षको ३ महिनाको अवधिमा अनुगमनका क्रममा ‘व्यापारीले एउटै वस्तुमा ३ सय देखि ८ सय प्रतिशतसम्म मुनाफा राख्ने गरेको पाइएको’ उनको भनाइ छ ।

चालु वर्षको समीक्षा अवधिमा विभागले अनुगमनका क्रममा ४२ लाख ५० हजार जरिवाना उठाएको र ४६ वटा पसलको कारोबार रोक्का गरिएका जनाएको छ। यस् बीचमा ५ सय ७८ वटामा अनुगान भएकोमा २ सय ३० जना व्यवसायीले जरिवाना तिरेका छन्।

तर पनि बजारमा घातक रंगयुक्त मिठाई, म्याद गुज्रिएको तेल तथा घ्यु र पिठो यही मौषममा बढी खपत हुने गरेको र बजारमा अधिकांश मिठाई पसलले अखाद्य तथा अत्यधिक मात्रामा मिठाईमा रङको प्रयोग गरेको भेट्टिएको छ । त्यति मात्र होइन, भाइ टिकामा प्रयोग हुने सप्त रंगी टिकामा मिसाईने सिसा तथा अन्य हानिकारक रसायनको अनुगमन भने पटक्कै भएकै छैन । त्यसैले बरु आफैँ होशियार हुने कि ? 

संम्बधित खबर

विशेष