News

‘क्लिनफिड’ व्यवस्था पनि लागू, विदेशी टिभी च्यानलले नेपालमा विज्ञापनरहित सामग्री प्रसारण गर्नुपर्ने

‘क्लिनफिड’ व्यवस्था पनि लागू, विदेशी टिभी च्यानलले नेपालमा विज्ञापनरहित सामग्री प्रसारण गर्नुपर्ने

काठमाडौंः  विज्ञापन नियमन गर्ने बनेको विज्ञापन विधेयक ‘क्लिनफिड’ को व्यवस्थासहित प्रमाणीकरण भएको छ । राष्ट्रपति विद्या भण्डारीले विधेयक प्रमाणीकरण गरेसँगै नेपालमा क्लिनफिड व्यवस्था पनि लागू भएको छ ।

अब विदेशी टेलिभिजन च्यानलले नेपालमा विज्ञापनरहित सामग्री प्रसारण गर्नुपर्नेछ । ती विदेशी च्यानलले नेपालमै बनाइएका विज्ञापन करको दायराभित्र रहेर प्रसारण गर्न भने सक्नेछन् । अहिलेसम्म विदेशी टेलिभिजन च्यानलले आफ्नै देशको विज्ञापनसहित सामग्री प्रस्तुत गर्दै आएका थिए ।

राष्ट्रिय सभामा विज्ञापन विधेयक प्रस्तुत हुँदा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मितिदेखि विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्ने उल्लेख गरिएको थियो । तर, प्रतिनिधिसभाले यसलाई ऐन लागू भएकै दिनदेखि सुचारु हुने गरी संशोधन गरेको थियो । संसदीय समितिमा विधेयकबारे छलफल हुँदा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले क्लिनफिड नीतिलाई विशेष जोड दिएका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

विज्ञापन क्लिनफिड

विशेष