News

१३ हजार घुस रकमसहित वडासचिव पक्राउ

१३ हजार घुस रकमसहित वडासचिव पक्राउ

बाराः वृद्ध तथा अपाङ्गता भएकाको समाजिक सुरक्षा भताबाट घुस लिएको आरोपमा आर्दश कोतवाल गाँउपालिका वडा नम्बर ६ का वडासचिव रामएकवाल यादवलाई प्रहरीले पक्राउ गरेका छन् ।

उनले प्रत्येक व्यक्तिहरुबाट जनही रु १ सय रुपैयाँ कटौती गरि करिब १२ हजार ७ सय ४८ रुपैयाँ जम्मा गरिसकेको अवस्थामा पटेर्वाका स्थानियहरुले प्रहरीलाई खबर गरेपछि ईलाका प्रहरी कार्यालय महेन्द्रबाट खटी गएको टोलीले वडा सचिव यादवलाई सो रुपैयाँसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता रंजित सिह रठौरले जानकारी दिए । 

वडा सचिवलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रवक्ता राठौरले बताए । 

घुस पक्राउ

विशेष