News

वार्षिक ९ अर्ब घाटामा रहने प्राधिकरण अहिले ७ अर्ब नाफामा

वार्षिक ९ अर्ब घाटामा रहने प्राधिकरण अहिले ७ अर्ब नाफामा

बनेपा । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वार्षिक रुपमा नौ अर्ब घाटामा रहेको प्राधिकरणले अहिले सात अर्ब रुपैयाँ नाफा कमाएको जानकारी दिएका छन् ।

धुलिखेल उद्योग वाणिज्य सङ्घ धुलिखेलले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा घिसिङले प्राविधिक र व्यवस्थापकीय क्षेत्रमा सुधार गर्दा विद्युतभार कटौती अन्त्य गर्न सफल भएको दावी गरे ।

कार्यकारी निर्देशक घिसिङले यस वर्षमा ४० वटा जिल्लालाई पूर्ण विद्युत सेवा पुगेको जिल्ला घोषणा गर्ने तयारीमा रहेको बताए । पछिल्ला तीन वर्षमा १२ लाख ग्राहक बनाउन सफल भएको जानकारी दिँदै विद्युत् नपुगेको ठाउँमा विद्युत पुर्याउने अभियानमा विद्युत् प्राधिकरण लागेको घिसिङको भनाइ छ । 

विशेष