News

अस्पतालमै गहना चोरी, भाग्ने क्रममा कर्मचारीको हात भाँच्चियो

अस्पतालमै गहना चोरी, भाग्ने क्रममा कर्मचारीको हात भाँच्चियो

काठमाडौंः भरतपुर अस्पतालमा पोष्टमार्टमका लागि ल्याएको मृतकको शरिरबाट गहना चोरी भएको छ । पोखरीमा डुबेर मृत्यु भएकी एक महिलाको शरिरमा रहेको सुनको सिक्रि र औंठी अस्पतालका कर्मचारीले शुक्रबार चोरी गरेको चितवन प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार अस्पतालमा पोष्मार्टममा काम गर्ने कर्मचारीहरु देवआनन्द राई र पूर्ण विकले चोरी गरेका हुन् ।

पोष्टमार्टम गर्नुअघि मृतकको शरिरमा गहना नदेखेपछि आफन्तले प्रहरीसँग सोधपुछ गरेका थिए । त्यसपछि अनुसन्धान गर्ने क्रममा उनीहरुकै साथबाट गहना भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले बताए । 

चोरीको आरोपमा अस्पतालका दुई कर्मचारीलाई प्रहरीले कुटपिट गरेको भन्दै उजुरी परेको छ । भरतपुर अस्पतालमा खटिएका हवल्दार जमिर अलि शेखले कुटपिट गर्दा हात भाँचिएको उनीहरुको भनाई छ । 

प्रहरीले भने गहना हराएपछि सोधपुछ गर्ने क्रममा दुवै पक्षबीच सामान्य हातपात भएको र भाग्न खोज्ने क्रममा विकको हात भाँच्चिएको जनाएको छ ।  
 

भरतपुर अस्पताल पोष्टमार्टम

विशेष