कांग्रेसका ३० कार्यकर्ता नेकपामा प्रवेश

बैतडीः २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवारसहित ३० जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
बैतडीको पाटन नगरपालिका–७ कैलपालका हरिदत्त भट्टसहित कांग्रेसका ३० कार्यकर्ता पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका हुन् ।
नेकपा वडा कमिटीले आयोजना गरेको शपथग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रममा नव प्रवेशीहरूलाई स्वागत गर्दै सांसद दामोदर भण्डारीले सरकारले थालेको समृद्धिको यात्रामा सहभागी हुन आग्रह गरेको जिल्ला कमिटी सदस्य लोकबहादुर भण्डारीले जानकारी दिए ।
नेपाली काँग्रेस बैतडी नेकपा