News

दश हजार घुससहित एक जना पक्राउ

दश हजार घुससहित एक जना पक्राउ

काठमाडाैँ - घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कास्कीमा कार्यरत सर्भेक्षक सन्तोष भण्डारीलाई पक्राउ गरेको छ ।

जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्यमा विभिन्न बहाना बनाएर सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलार्इ पक्राउ गरेकाे हाे।

पाेखरा महानगरपालिका–९ स्थित बुद्धचोक नजिकैबाट मङ्गलबार साँझ भण्डारीलाई १० हजार घुस रकमसहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

विशेष