News

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

राजविराजः सप्तरीको छुट्टाछुट्टै स्थानमा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी २ जनाको ज्यान गएको छ । यस्तै दुर्घटनामा दुई जना घाइते भएका छन् ।

जिल्लाको सप्तकोसी नगरपालिका ५ गंगाजली टोलमा सोमबार विहान मोटरसाइकलले ठक्कर दिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

विहान करिब १ः३० बजेको समयमा मोटरसाइकलले ठक्कर दिँदा सप्तकोसी नगरपालिका–१ नयाँ बजार बस्ने असर्फी शर्माको ४० वर्षीय छोरा राजेश शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । 

कञ्चनपुर–फत्तेपुर भित्री सडक खण्डमा कञ्चनपुरबाट फत्तेपुरतर्फ जादै गरेको को ३३ प ५२७ नम्बरको मोटरसाइकलले शर्मालाई ठक्कर दिएको हो ।

सोही दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको कञ्चनरुप नगरपालिका–११ ठेलिया बस्ने २६ वर्षीय दिपेशकुमार गोजेवार घाइते भएका छन् ।

उनको टाउको फुटेको छ भने शरीरको बिभिन्न भागमा चोट लागेको छ । घाइते उनको स्थानीय पोली क्लिनिक फत्तेपुरमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले बताइएको छ । दुर्घटनापछि मोटरसाइकल प्रहरी चौकी फत्तेपुरले नियन्त्रणमा लिएको छ ।

यस्तै राजविराज–रुपनी सडक खण्डको राजविराज नगरपालिका ९ मलेठ स्थित ट्याक्टरले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । ट्याक्टरको ठक्करबार मोटरसाइकल चालक रुपनी गाउँपालिका ५ मुसरहनिया बस्ने १९ वर्षीय दिपेश यादवको मृत्यु भएको छ । ठक्करबाट यादवको दाहिने हात र पाखुरामा गम्भीर चोट लागेर घाइते अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको र उपचारकै क्रममा सोमबार बिहान ४ः३० बजे मृत्यु भएको प्रहरीले बताइएको छ ।

रुपनीबाट राजबिराज तर्फ आउदै गरेको स १ त ४३६९ नम्बरको ट्याक्टरले बिपरित दिशाबाट आउदै गरेको बा ३८ प ७१९५ नम्बरको मोटरसाइकललाई बिहान २ बजेको समयमा ठक्कर दिएका हुन् ।

सोही दुर्घटनामा मोटरसाइकल पछाडी सवार रुपनी गाउँपालिका ५ कै २२ वर्षीय रुपेशकुमार खंगको दुबै खुट्टामा चोट लागेर घाइते भएका छन । उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको प्रहरीले बताइएको छ ।

सप्तरी मोटरसाइकल दुर्घटना

विशेष