News

२ महिनामा श्रमिकको तलब १३ प्रतिशत बढ्यो

२ महिनामा श्रमिकको तलब १३ प्रतिशत बढ्यो

काठमाडौंः चालू आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालमा काम गर्ने कर्मचारी र ज्यालादरमा काम गर्ने श्रमिकको तलब तथा ज्यालादर करिब १३ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७६/७७ को दुई मा आधारित आर्थिक तथा वित्तीय स्थितिमा गत वर्षको सोही अवधिको तुलनामा करिब १३ प्रतिशले तलब तथा ज्यला वृद्धि भएको देखिएको हो ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार सूचांक १३.५६ प्रतिशले बढेको छ । त्यस्तै ज्यालादारीमा काम गर्ने श्रमिकको ज्याला १२.६८ प्रतिशतले वृद्धि भएको छ ।

ज्याला र तलबको औषत वृद्धिदर १२.८८ प्रतिशतको देखिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलानामा वृद्धिदर दर नै चार प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७५/७६ को पहिलो दुई महिनामा ज्याला तथा तलब सूचांक ८.३० प्रतिशले वृद्धि भएको थियो ।

कर्मचारी तलब श्रमिक ज्यालादर

विशेष