News Breaking News राजनीति

संसदमा टाँसियो सभामुखको राजीनामाबारे सूचना, नयाँ सभामुखको निर्वाचनको लागि खुल्यो बाटो 

संसदमा टाँसियो सभामुखको राजीनामाबारे सूचना, नयाँ सभामुखको निर्वाचनको लागि खुल्यो बाटो 

काठमाडौं - सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएको सूचना संसदमा टाँसिएको छ। उपसभामुखको आदेश अनुसार प्रतिनिधिसभाको नियमावली २०७५ को नियम २११ को उपनियम २ अनुसार सूचना टाँसिएको हो। 

संसदमा सचूना टाँस भएसँगै नयाँ सभामुखको निर्वाचनको लागि बाटो खुलेको छ।एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाएपछि महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष पदबाट राजीनामा दिएका थिए।

राजीनामा पत्रको भाषा हेर्दा उनी छानविन सकिएपछि फेरी फर्किन चाहन्छन् भन्ने झल्किन्छ । तर संधिवान र कानुनले उनको यो भाषालाई चिन्दैन । राजीनामा दिएपछि उनको पद गएको छ । 

राजीनामा दिएपछि त्यो स्वीकृतरअस्वीकृत गर्ने प्रक्रियामा जानु पर्दैन स्वतः सक्किन्छ। संवैधानिक कानुनका जानकार अधिवक्ता टीकाराम भट्टराईकाअनुसार महराको पद समाप्त भएको छ। ‘अब अर्को सभामुख चयन गर्नुपर्छ’ उनले भने,‘राजीनामा ससर्त हुँदैन। छानविनबाट क्लिन चिट पाउने अवस्था बनेपनि अब उहाँको पद फर्किँदैन।’

उनका अनुसार सभामुखले राजीनामा दिएको औपचारिक जानकारी संसदमा गराउनुपर्छ। अहिले संसदको अधिवेशन चलेको छैन। नयाँ अधिवेशन सुरुभएपछि राजीनामा पत्रबारे जानकारी गराउनुपर्ने हुन्छ। त्यसपछि सभामुख निर्वाचनको प्रक्रिया अघि बढाउनुपर्छ।

नयाँ सभामुख चयन नहुँदा सम्म सभामुखले गर्दै आएको काम स्वतः उपसभामुखले गर्नेछिन्। सभामुखको अनुपस्थितिमा गर्ने काम उपभामुखले गर्ने संविधानमा प्रावधान छ।

महराको राजीनामापछि अब संघीय संसदमा सभामुख र उपसभामुख फरक दलको हुने संविधानको प्रावधानको कार्यान्वयन गर्नकालाई बाटो खुलेको छ। अब हुने निर्वाचनमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुने गरी निर्वाचन प्रक्रिया अघि बढाउनुपर्छ। त्यसैले सभामुख र उपसभामुख मध्ये एउटा पद अब सत्तारुढ नेकपा भन्दा अर्को दलको भागमा पुग्नेछ।

संविधानको धारा ९१ मा सभामुख र उपसभामुख फरक दलको हुने प्रावधान छ। तर सभामुख र उपसभामुखको निर्वाचनपछि पार्टी एकता भएकाले अहिले एउटै दलको भन्ने प्रधावान यसमा आकर्षित नहुने तर्क नेकपाले गरेको थियो। यही विषयको विवाद सर्वोच्च अदालतमा विचारधीन छ।

सभामुख महरा प्रकरण

विशेष