प्रधानमन्त्रीले दुई बहिनीसँग भाइटीका लगाउने

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु कौशिला कोइराला र विष्णुमाया ढकालसँग भाइटीका लगाउँदै छन् ।
दिउँसो साढे १२ बजेपछि बालुवाटारमै भाइटीका लगाउने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
टीकाको उत्तम साइत ११ बजेर ५५ मिनेटका लागि तोकिएको भए पनि आज दिनभर नै भाइटीका लगाउन मिल्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
केपी शर्मा ओली टीका भाइटीका