बेलायतमा आउँदो डिसेम्बर १२ तारिखमा आमनिर्वाचन हुने
ब्रिटिश संसद्को तल्लो सदन हाउस अफ कमन्सले समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई बहुमतले पारित गरेको छ।
योसँगै अब त्यहाँ आउँदो डिसेम्बर महिनाको १२ तारिखमा आमनिर्वाचन हुने पक्कापक्की भएको छ।
ब्रिटेनमा सन् १९२३ पछि पहिलो पटक डिसेम्बर महिनामा आमचुनाव हुनेछ।
निर्वाचनसम्बन्धी विधेयकको पक्षमा ४३८ मत खसेको थियो भने विपक्षमा जम्मा २० जना सांसद उभिएका थिए।
अब माथिल्लो सदन हाउस अफ लर्ड्सले पारित गर्यो भने त्यो कानुन बन्नेछ। यदि त्यस्तो भयो भने चुनावी प्रचारप्रसारका लागि पाँच हप्ताको समय हुनेछ।