News

सेनाको हेलिकोप्टरबाट सुत्केरीको उद्धार

सेनाको हेलिकोप्टरबाट सुत्केरीको उद्धार

बैतडीः जिल्लाको सिगास गाउँपालिका–६ लेकमकी २३ वर्षीया सुत्केरी धाना साउँदको हेलिकोप्टरमा उद्धार गरिएको छ ।

उनलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरी मंगलबार बाँकेको कोहलपुर मेडिकल कलेज पुर्याइएको हो ।

प्रसुती सेवा केन्द्र लेकममा बच्चा जन्माएकी साउँदको अत्यधिक रक्तस्राव भएपछि उद्धार गरिएको हो । उनलाई राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी उपचारका लागि कोहलपुर लगिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । “अत्यधिक रक्तस्राव भएको खबर पाएपछि हेलिकोप्टरको व्यवस्था गरेका हौँ”, उनले भने ।

सुत्केरीको साथमा रहेका प्रसुती सेवा केन्द्र लेकमकी अनमी पार्वती बोहराका अनुसार साउँदको अवस्था सामान्य रहेको छ । 

बैतडी हेलिकोप्टर सुत्केरी

विशेष