कश्मीरमा गोली हानी ५ जनाको हत्या
काठमाडौंः भारत प्रशासित कश्मीरको कुलगाम जिल्लास्थित कातरसु गाउँमा गोली हानेर ५ जनाको हत्या गरिएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
यो घटना मंगलबार राति करिब ९ बजेतिर भएको बीबीसीले जनाएको छ । मारिनेहरु सबै पश्चिम बंगालको मुर्शिवादका बासिन्दा हुन् । उनीहरु मजदुर पनि हुन् । यो हत्यामा आतंकवादी समूहको संलग्नता रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
आतंकवादी समूहले पुलवाको एक विद्यालय बाहिर गस्ती गरिरहेका सुरक्षाकर्मीमाथि पनि गोली चलाएको छ । यद्यपि कोही पनि घाइते भएका छैनन् । आक्रमणकारीको खोजीका लागि सम्भावित क्षेत्रलाई घेराबन्दी गरेर अपरेशन सुरु गरिएको छ ।
युरोपीय संसदको एक प्रतिनिधिमण्डल जम्मु–कश्मीरको अवस्था बुझ्न भ्रमणमा आएको बेला आतंकवादी गतिविधि बढेको छ । (फाइल फोटो)
हत्या कश्मीर