भीरबाट लडेर महिलाको मृत्यु

चैनपुरः बझाङमा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । खर काट्ने क्रममा भीरबाट लडेर जिल्लाको बित्थडचिर गाउँपालिका–४ डुर्मी गाउँकी २४ वर्षीया दिपादेवि ढाँटको ज्यान गएको हो ।
बिहान खर काट्न गएकी उनको गाउँकै थलाप भन्ने भीरबाट लडेर शुक्रबार दिउँसो घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ढाँटको टाउको र ढाडमा गम्भीर चोट लागेको थियो ।
भीर बझाङ