News

देउसीभैलो खेलेर २८ लाख संकलन

देउसीभैलो खेलेर २८ लाख संकलन

गलेश्वरः उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख, तल्लो शिख, फलाटे, स्वाँत र किन्दुबाट पोखरामा बसोबास गर्दै आएका व्यक्तिको साझा संस्था ‘शिख्तानी पुन समाज पोखरा’ले देउसीभैलो खेलेर २८ लाख संकलन गरेको छ । 

उक्त रकम गाउँको विकासका लागि खर्च गरिने सो संस्थाले जनाएको छ । आफू जन्मिएको गाउँमा विद्यालय, मठमन्दिर, बाटो र चौतारो निर्माणका लागि पोखरामा देउसीभैलो खेलेर संकलन भएको शिख्तानी पुन समाज पोखराका अध्यक्ष बलबहादुर तिलिजा पुनले जानकारी दिए । 

अध्यक्ष पुनकाअनुसार पोखरामा देउसीभैलो खेलेर संकलन भएको रकमले म्याग्दीको शिखगाउँमा गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्य छ ।

युवालाई स्वरोजगार बनाउन विभिन्न किसिमका रोजगारमूलक कामका लागि अत्यन्तै न्यून र सरल ब्याजमा कर्जा लगानी गर्नेसमेत उद्देश्य रहेको पुनको भनाइ छ । (फाइल फोटो) 

देउसीभैलो उत्तरी म्याग्दी

विशेष