प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पताल पुगेका छन्। ओलीलाई बुधबार विहान सरकारी निवास बालुवाटारबाट धापासीस्थित ग्राण्डी अस्पताल नियमित चेकजाँचका लागि पुगेका हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले नियमित चेकजाँचका लागि प्रधानमन्त्री ओली अस्पताल गएको बताए।
‘प्रधानमन्त्रीज्यू नियमित चेकजाँचका लागि ग्राण्डी जानुभएको हो। स्वास्थ्य अवस्था ठिक छ। अब फर्किँदै हुनुहुन्छ’, अर्यालले भने।
उनका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यको सबै मेडिकल रिपोर्ट सामान्य छ।