News

पिङको विषयमा विवाद हुँदा खुकुरी हानाहान, ६ जना घाइते

पिङको विषयमा विवाद हुँदा खुकुरी हानाहान, ६ जना घाइते

रामेछापः जिल्लाको गोकुलगंगा गाउँपालिका–६, फर्पुमा मंगलबार राति स्थानीय युवाहरुबीच पिङको विषयमा भएको झगडाले उग्र रुप लिएपछि दुई समूहबीच खुकुरी हानाहान भएको छ । 

घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा स्थानीय शुसिल तामाङ, धनबहादुर तामाङ, पदमबहादुर तामाङ, गोविन्दबहादुर तामाङ, सोमबहादुर गोलेलगायत रहेका छन् ।

घाइते ६ जनाकै जिल्ला सदरमुकाम मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

तिहार मनाउन घर आएका युवाहरुबीच मंगलबार दिउँसो पिङ खेल्ने क्रममा विवाद भएको थियो । दिउँसोको विषयलाई लिएर राति पनि विवाद बढेपछि युवाहरुबीच खुकुरी हानाहान भएको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चाडपर्वको समयमा फर्पु गाउँमा यसअघि पनि विभिन्न विवादका घटनाहरु भइरहने गर्दथे । 

रामेछाप खुकुरी पिङ

विशेष