News

बाबुराम हँसाउने यी सानी बच्ची को हुन् ? 

बाबुराम हँसाउने यी सानी बच्ची को हुन् ? 

काठमाडौँ । समाजवादी पार्टी संसदीय दलको कार्यालयमा विहीबार रोचक दृश्य देखियो । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी राष्ट्रिय संयोजक डा. बाबुराम भट्टराई विहीबार संसदीय दलको कार्यालयमा थिए ।  समाजवादी पार्टी नेतृ सिर्जना सुबेदी पनि त्यहाँ पुगिन् ।

हम्मेशी नहाँस्ने, अनुहारमा मुस्कान नदेखिने डा. बाबुराम भट्टराईको अनुहारमा बेग्लै मुस्कान देखियो । भट्टराईले नेतृ सुबेदीकी सानी नानीसँग केहीबेर खेले । आफूले काम गर्ने टेबुलमा राखे अनि मुस्कान छरे ।

भट्टराईले मुस्कान छर्दै सामाजिक सञ्जालमा एक स्ट्टाटस लेखे–‘संसदीय दलको कार्यालयमा आएकी यी विशिष्ठ पाहुना ( सपा नेतृ सिर्जना सुवेदीकी छोरी)’ । भट्टराईको स्ट्याटसमा विभिन्न कमेन्टको ओइरो लागेको छ । कतिपयले नातिनातिना खेलाउने रहर भनेका छन् भने कतिपयले भट्टराईको पार्टीको भविष्को नेता । 

विशेष