News

ग्रान्डी अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य जाँचको रिपोर्ट किन लुकायो ?

ग्रान्डी अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य जाँचको रिपोर्ट किन लुकायो ?

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य जाँचको सबै रिपोर्ट बारे भन्न नमिल्ने अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको ग्रान्डी अस्पतालमा बुधबार भर्ना भएका ओलीको स्वास्थ्य जाँचको सबै रिपोर्ट बारे भन्न नमिल्ने अस्पतालले जनाएको हाे ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे पत्रकार सम्मेलन गर्दै अस्पतालले स्वास्थ्य अवस्थाको गोपनियतालाई ख्याल राख्दै सवैकुरा सार्वजनिक नगरिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा ग्रान्डी अस्पतालका निर्देशक चक्रराज पाण्डेले भने, ‘डायलाइसिस भनेको सामान्य हो, आत्तिहाल्नु पर्ने अवस्था होइन। तर, आम सर्वसाधारणले उठाएको प्रश्न पनि जायज हो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारेको गोपनियतालाई ख्याल गर्दै जानकारी दिनेछौं ।’

उनले प्रधानमन्त्रीको २ पटक हेमोडायलाइसिस गरिएको जानकारी दिए । प्रधानमन्त्री ओलीको रगतमा भएको क्रियाटिनिन घटाउन हेमोडायलाइसिस गरिएको डाक्टर पाण्डेले जानकारी दिए पनि क्रियाटिनिनको मात्रा कति छ भन्ने बारे पनि खुलाउन चाहेनन् ।

अस्पतालद्वारा जारी गरिएको प्रेस नोटमा आज साँझसम्म प्रधानमन्त्रीको डिस्चार्ज गर्ने जनाइएअनुसार प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज  भएका छन्।

विशेष