News

प्रधानमन्त्री ओली सातामा दुई पटक अस्पताल बस्नु पर्ने, खास के भयाे?

प्रधानमन्त्री ओली सातामा दुई पटक अस्पताल बस्नु पर्ने, खास के भयाे?

काठमाडौँ – १२ वर्ष अघि भारतमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलामा समस्या देखिएपछि अब सातामा दुई पटक डायलाइसिस गरिनुपर्ने ग्रान्डी अस्पताल स्रोतले जानकारी दिएको छ ।

अस्पताल स्रोतका अनुसार प्रत्यारोपण सम्भव नहुँदासम्म हप्तामा दुइपटक डायलाइसिस गरिने छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न आजै अस्पताल पुगेको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएका थिए ।

उनका अनुसार प्रधानमन्त्रीको मिर्गौलाको हिजो र आज गरी दुई पटक डायलासिस गरिएको छ । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली हिजो (बुधबार) बिहान ९ बजे ग्राण्डी अस्पताल पुगेका थि‍ए ।

विशेष