विपक्षी नेतालाई मृत्युदण्ड
ढाका – बंगलादेशको उच्च अदालतले एक कट्टरपन्थी उच्च इस्लामी नेता अझरुल इस्लामलाई मृत्युदण्डको फैसला सुनाएको छ । अझरुल विपक्षी पार्टी जमात ए इस्लामीका नेता तथा एक कट्टरपन्थीको रुपमा चिनिन्छन् ।
२०१४ मा भएको बलात्कार, हत्या नरसंहारको घटनाको दोषीको रुपमा उनीविरुद्ध यस्तो सजाय सुनाइएको हो । यससँगै मृत्युदण्डको सजाय पाउने उनी छैटौँ इस्लामी नेता हुनेछन् ।
इस्लाम बंगलादेशकै सबैभन्दा ठूलो इस्लामिस्ट पार्टी जमातको सहायक सचिव थिए । जुन पाकिस्तानसँगको द्धन्द्धको क्रममा पाकिस्तानको पक्षमा थियो । अधिकारकर्मीहरुले भने यस्तो फैसलाको विरोध गरेका छन् । बंगलादेशमा पछिल्लो समय युद्ध अपराधका घटनामाथि कारवाही हुने क्रम बढेको छ ।