मदिरा भट्टीको खाल्डोमा डुबेर ५ जनाको मृत्यु !
बरा, बाराको फेटा गाउँपालिका ४ बतरास्थित मदिरा बनाउने भट्टीमा डुबेर ५ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मदिरा भट्टी संचालक ४० बर्षिय जोगा मुखिया बिन , उनकी १२ बर्षिया छोरी सुमनकुमारी उनका भाई ३५ बर्षीय महेन्द्र मुखिया , महेन्द्रकी पत्नी ३० बर्षीय लाल्मुनी देवी र ५० बर्षीय एक भारतीय नागरिकको मृत्यु भएको छ।
बुधवार राती करिब ८ बजेतिर उनीहरुको एकै खाल्डोमा डुबेर मृत्यु भएको हो। मृतक ५ जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाराका प्रमुख प्रहरी उपरिक्षक बिकशराज खनालले बताएका छन।
मृत्यु के कारणले भएको हो भन्ने एकिन भने अझै पनि हुन सकेको छैन। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।