News

संविधान पछि बने १४१ नयाँ कानुन

संविधान पछि बने १४१ नयाँ कानुन

काठमाडौं – नयाँ संविधान जारी भएको चार वर्षमा मुलुकमा १ सय ४१ कानुन बनेका छन्। त्यसैगरी, केही नेपाल ऐन संशोधन विधेयकमार्फत ४ सय ३२ ऐन संशोधन भएका छन्।

२०७४ फागुनपछि गठन भएको प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले मात्रै ५७ विधेयक पारित गरेको छ।कानुनमन्त्री भानुभक्त ढकालले संविधान निर्माणपछि कानुन निर्माणमा ऐतिहासिक फड्को मारेको बताए। ‘बनेका कानुन क्रमशः कार्यान्वयनमा लैजानेगरी आधार तयार हुँदैछ,’ उनले भने।

उनले बनेका सबै कानुन कार्यन्वयनप्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै बन्न बाँकी कानुन अर्को अधिवेशनमा ल्याउने पनि उनले बताए।

यो समाचार नागरिक दैनिकमा ईश्वरी सुबेदीले लेखेकी छिन।  

कानुन संविधानपछिको

विशेष