News

काकाको लिंग काटेर हत्या गरेको आरोपमा भतिजा पक्राउ

काकाको लिंग काटेर हत्या गरेको आरोपमा भतिजा पक्राउ

काठमाडौंः भारतको पिथौरागढमा रोजगारीका लागि गएका बैतडीका तीन जना नेपालीको लिङ्ग काटेर हत्या गरेको आरोपमा भारतीय प्रहरीले हत्या भएका मजदुरका भतिजा नाता पर्ने एक नेपालीलाई पक्राउ गरेको छ । काकासहित तीन जनाको लिङ्ग काटेर हत्या गरेको आरोपमा पुरचौडी नगरपालिका वडा नम्वर ५ घर भई पिथौरागढमा काम गर्दै आएका धनबहादुर बोहरालाई भारतीय प्रहरीले पक्राउन गरेको हो ।

रोजगारीका लागि पिथौरागढ गएका बैतडी पुरचौंडी गरपालिका वडा नम्बर ५ दहतालका हरिश बोहरा, उहाँका सहोदर भाइ वीरा बोहरा र पुरचौडी नगरपालिका–४ भटना तडीखेतका काशी बोहराको लिङ्ग काटिएको अवस्थामा कात्तिक १० गते पिथौरागढ जिल्लाको मडधुरा गाउँको एक घरम शव फेला परेको थियो । पक्राउ परेका धनबहादुर मृतक हरिश बोहराको नाताले भतिजा पर्ने भारतीय प्रहरीले जानकारी दिएको छ । धनबहादुर बोहरालाई पिथौरागढबाट १२० किलो मिटर टाढा मुस्यारीबाट कात्तिक ११ गते राती पक्राउ गरेको भारती प्रहरीले बताएको छ ।

घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीलेसमेत प्रहरी सहायक निरीक्षक श्यामसिंह महराको नेतृत्वमा प्रहरीको एक टोली भारतको पिथौरागढ पठाएको थियो । अनुसन्धानका लागि भारत गएका प्रसनि महराले पक्राउ परेका धनबहादुरले आफूले नै घटना हत्या गरेको साविति बयान दिएको बताए । 

प्रसनि महराले भने, ‘आरोपी धनबहादुर बोहराको मैले पनि बयान लिएँ । हत्या आफूले नै गरेको हुँ भन्ने साविति बयान दिएका थिए । सामान्य विवाद हुँदा तीन जनाको हत्या गरेर लिङ्ग काटेको कुरा सुन्दा अचम्म लाग्यो ।’

तीन जनाको हत्या हुनु अघि साथमै रहेकी हरिश बोहराकी श्रीमति कलावती वोहरा भारतको पिथौरागढबाट नेपाल फर्केर बझाङ जिल्लाको माईती गाउँ बित्थड पुगेपछि कलावति बोहरालाई बैतडी प्रहरीले सोधपुछका लागि बैतडी पुर्याएको छ ।

सोधपुछपछि महिलालाई जिल्ला अस्पताल बैतडीको सेफ हाउसमा राखिएको छ । कलावति बोहराले घटना भएको दुई दिन अघि नै १० हजार रुपैयाँ लिएर आफू घर आएको प्रहरीलाई बयान दिएका छन् । बैतडी प्रहरीका अनुसार कलावती बोहराले भारतमै रहेका श्रीमानको फोन नउठेपछि घरबेटीलाई फोन गर्दा श्रीमानको मृत्यु भएको जानकारी दिएपछि फोन नै फालिदिएको बयान दिएकी छिन् ।
 
हरिश बोहराले कलवावतिसँग एक वर्षअघि मात्रै विवाह गरेर मजदुरी गर्न सँगै भारत गएका थिए । कलावतिले हरिश बोहरासँग दोश्रो विवाह गरेको बुझिएको छ । हत्या गरिएका हरिश बोहरा, सहरोदर भाइ वीरा बोहरा र छिमेकी गाउँका काशी बोहरा भारतमा काम गर्दै आईरहेको अवस्थामा हत्या भएको भारतको उत्तराखण्डस्थित जाजरदेवल प्रहरी थाना कार्यालयले जानकारी दिएको छ ।

घटनाको अनुसनधन गरिरहेको जाजरदेवल प्रहरी थाना प्रमुख पिआर आगरीले हत्या निकै निर्मम रहेको बताए । तीन वटै शवको भारतीय जिल्ला अस्पतालमा पोष्टमार्टमपछि नेपालबाट गएका परिवारलाई बुझाईएको छ । थाना प्रमुख आगरीले भने, ‘तीन जनाको लिङ्ग काटेर अलग गरिएको छ । शरीरका अन्य ठाउँमा पनि धारीलो हलियारका गहिरो घाउ देखिन्छन् । हत्या भएको घरमा मासु पकाएर राखेको कराई र रोटी पकाउन पिठो मुछिएको देखिन्छ । त्यहाँ दुई वटा मदिराका सिसी समेत भेटिएका छन् ।’

हत्या आरोपमा पक्राउ परेका धनबहादुर बोहराले भारतीय प्रहरीलाई बाजारबाट काका हरिश बोहराको कोठामा जान उनकै भाइ वीरबहादुर बोहरासँगै ८ क्वाटर रक्सी र कुखुरा लगेर गएको बयान दिएका छन् । घटना स्थलमा दुई वटा मात्रै रक्सीका सिसी फेला परेको भारतीय प्रहरीले पीआर आगरीले जानकारी दिए । 

घटनामा संलग्न रहेको भनी पक्राउ परेका धनबहादुर एक्लैले सामान्य विवादमा काका नाता पर्नेसहित तीन जनाको हत्या गरेर लिङ्ग काट्न नसक्ने भारतीय संचारकर्मी पंकज पाठले आशंका व्यक्त गरे । घटनामा अरुको पनि संलग्नता हुन सक्ने आशंका गरिएको छ । घटनाको अनुसन्धान भईरहकोले घटनाका बारेमा अहिले नै धेरै कुरा बताउन नसकिने भारतीय प्रहरीले बताएको छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

भारत बैतडी

विशेष