न्युरोडभित्र गाडी प्रवेशमा रोक लगाइँदै
काठमाडौंः काठमाडौं महानगरपालिकाले न्युरोडमा सवारीसाधन प्रवेशमा रोक लगाउने तयारी थालेको छ । यसका लागि महानगरपालिकाको सहरी योजना आयोगले आवश्यक गृहकार्य गरिरहेको छ ।
‘न्युरोड सौन्दर्यकरण योजना’अनुरूप सवारीसाधनमुक्त क्षेत्रका रूपमा विकास गर्न लागिएको आयोगले जनाएको छ ।
‘न्युरोड गेटभित्र सार्वजनिक र निजी दुवै सवारी रोक लगाउने र न्युरोड सौन्दर्यकरण गर्ने योजनाअनुरूप गृहकार्य गरिरहेका छौं,’ आयोगका उपाध्यक्ष सरोज बस्नेतले भने । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
गाडी न्युरोड