बिहीवार भूलेर पनि नगर्नुहोस् यी गल्ति, हुन सक्छ ठूलो हानी
काठमाडौंः हिन्दू धर्ममा हरेक दिनको अलग अलग महत्व रहेको छ । त्यसो त बिहीवारको दिनलाई गुरु बृहस्पति र भगवान् नारायणको बिशेष दिन मान्ने गरिन्छ । यसका साथै बिहीवार साई बाबाको पनि पूजा आराधना गर्ने गरिन्छ । बृहस्पति ग्रहलाई अन्य ग्रहको तुलानामा बलवान मानिन्छ ।
त्यसैले यस दिन कुण्डलीमा प्रभाव पर्ने खालको कुनै पनि काम गर्नु हुँदैन । अझ महिलाको कुण्डलीमा त बृहस्पतिलाई सन्तान र पतिको कारक मानिन्छ । यसको मतलब गुरु ग्रहले सन्तान र पति दुबैलाई प्रभावित गर्दछ । यसै सन्दर्भमा आज हामी बिहीवारको दिन गर्न नहुने केहि कामको बारेमा जानकारी गराउँदै छाै–
के नगर्ने ?
–बिहीवार भूलेर पनि नुहाउने या कपाल काट्ने गर्नु हुँदैन ।
–बिशेषगरि महिलाले बिहीवार नुहाउनाले बृहस्पति कमजोर भई सन्तानको उन्नती प्रगतिमा बाधा पुग्न जान्छ ।
–बिहीवार नङ काट्ने या सेविंग गर्नाले ग्रह कमजोर भई जीवनमा नकारात्मक प्रभाव पर्छ ।
–घर सरसफाई गर्ने, धेरै कपडा धुने, कवाडी समान घरबाट निकाल्ने गर्नाले परिवारको शिक्षा, धर्म आदिमा प्रभाव पर्छ ।
–बिहिवारको दिन लक्ष्मी नारायणको एक साथ पूजा आराधना गर्नाले दाम्पत्य जीवनमा खुसियाली छाउनुका साथै आर्थिक समृद्धि हुन्छ ।
लक्ष्मी नारायण