News

बसको ठक्करबाट एकजनाको मृत्यु, एक घाइते

बसको ठक्करबाट एकजनाको मृत्यु, एक घाइते

भक्तपुर।  भक्तपुर नगरपालिका– १० कमलविनायक स्टार बैङ्केट नजिकै बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एकजना पैदलयात्रु घाइते भएका छन।  

कमलविनायकबाट ब्यासीतर्फ आउँदै गरेको बा४ख ६०७ नं को बसले सडक छेउमा पार्किङ गरी राखेको बा७०प ६१९७ नंको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रे डाँडाबारी बस्ने २० वर्षीय विकास तामाङको मृत्यु भएको हो ।

मोटरसाइकललाई ठक्कर दिई बसले अनियन्त्रित भई पुनःपैदल यात्रीलाई ठक्कर दिँदा घाइते भएका सूर्यविनायक नगरपालिका–७ गुण्डु बस्ने १८ वर्षीय विशाल तामाङको उपचार भइरहेको उनले बताएका छन्।

घटनापछि बसका चालकलाई प्रहरीले नियन्त्रणमा राखी अनुसन्धान थालेको छ।   

ठक्कर बसको

विशेष