कक्षा १२ मा 'जीवनोपयोगी शिक्षा' अनिवार्य !

कक्षा १२ मा 'जीवनोपयोगी शिक्षा' अनिवार्य !

काठमाडौँ — पाठ्यक्रम विकास केन्द्रले कक्षा १२ का विद्यार्थीलाई ‘जीवनउपयोगी शिक्षा’ विषय पढ्न अनिवार्य गरेको छ । अर्को शैक्षिकसत्र (२०७७) देखि कक्षा ११ मा सामाजिक अध्ययन र कक्षा १२ मा जीवन उपयोगी शिक्षाको पठनपाठन हुनेछ ।

राष्ट्रिय पाठ्यक्रम पारुप स्वीकृत भएपछि कक्षा ११ र १२ मा संकाय प्रणालीको अन्त्य गर्दै ६ विषयको पढाइ हुन लागेको हो। विद्यार्थीले ३ अनिवार्य र ३ ऐच्छिक विषयको अध्ययन गर्नुपर्नेछ। कक्षा ११ मा नेपाली, अंग्रेजी र सामाजिक अध्ययन अनिवार्य र कक्षा १२ मा नेपाली, अंग्रेजी सहित जीवनउपयोगी शिक्षा अनिवार्य विषय रहने केन्द्रले जनाएको छ।

अनिवार्य बाहेक दुवै कक्षामा विद्यार्थीले थप ३ ऐच्छिक विषय अध्ययन गर्न पाउने छन्। ऐच्छिक विषयहरु विद्यार्थीले आफूले रोज्न पाउने व्यवस्था गरिएको केन्द्रका सूचना अधिकारी गणेशप्रसाद भट्टराईले जानकारी दिए।

‘अहिलेको जस्तो संकाय हुँदैन, विद्यार्थीले उच्चशिक्षामा कुन क्षेत्र रोज्ने त्यही अनुसार विषय छानेर पढ्न पाउँछन्,’ उनले भने, ‘उदाहरणका लागि विज्ञान ऐच्छिक रोज्ने विद्यार्थीले अन्य क्षेत्रको जुन कुनै विषय पनि रोज्न सक्छ, सबै ऐच्छिक विषय विज्ञान नै पढ्छु भनेपनि पाउँछ।’

यो समाचार आजको कान्तिपुर दैनिकमा सुदिप कैनीले लेखेका छन।  

कक्षा १२ जीवनोपयोगी शिक्षा

संम्बधित खबर

विशेष