सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स गरेर प्रधानमन्त्रीले गरे फोरजीको औपचारिक सुरुवात !
काठमाडौँ , नेपाल टेलिकमले फोरजीरएलटीई सेवाको नेटवर्क देशभर सातै प्रदेशका ३२ वटा जिल्लाका प्रमुख सहरहरुमा विस्तार गरेको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले सेवाको सफ्ट लन्चमार्फत फोरजीको औपचारिक सुरुवात गरेका हुन् ।
उद्घाटनका क्रममा प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच फोर जी प्रयोग गरेर भिडियो कन्फरेन्स गरिएको थियो । यस क्रममा मुख्यमन्त्रीहरुले सरकारले निकै ठूलो सफलता हात पारेको भन्दै खुसी व्यक्त गरेका थिए ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक तिब्र गतीमा अगाडी बढेको दाबी गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामी दिन प्रतिदिन नयाँ नयाँ काम गरेर इतिहासकै उल्लेखीय काम गरेका छौं । यस नेपाल टेलीकमको फोर जी सेवा त्यस्ता काम मध्यको एक हो ।’
यो समाचार आजको नेपाल समाचारपत्रमा मनोज रेग्मीले लेखेका छन् ।