News

छठ पर्व बिशेष: को हुन् छठी माता, अनि किन गरिन्छ यिनको पूजा ? जान्नुहोस्

छठ पर्व बिशेष: को हुन् छठी माता, अनि किन गरिन्छ यिनको पूजा ? जान्नुहोस्

हिन्दु पंचांगका अनुसार ३१ अक्टोबर अर्थात् आजबाट छठ पर्व सुरु भएको छ।  ४ दिनसम्म चल्ने यस पर्वमा सुर्य भगवानको पुजा आराधना गर्ने गरिन्छ यसका साथै छठ पर्वमा छठी माताको पुजा आराधनाको पनि बिशेष महत्व रहेको छ।  मान्यता अनुसार छठ पर्वमा यदि छठी माताको विधिवत पुजा गर्नाले निसन्तानहरुको सन्तान प्राप्ति हुनका साथै सन्तानको रक्षा हुने बताईएको छ।  तर छठी माता आखिर को हुन त भन्ने बारेमा भने अधिकांश अनभिग्य नै छन।  आज हामी छठी माता को हुन्  भन्ने बारेमा केहि जानकारी दिन जादै छौं  

ब्रह्मवैवर्त पुराणको प्रकृति खंडमा बताए अनुसार छठी माता  सृष्टिको अधिष्‍ठात्री प्रकृति देवीको एक प्रमुख अंश  ‘देवसेनाजो  हुन्।  प्रकृतिको छैठौं अंश भएका कारण यी देवीको नाम षष्‍ठी हो। पुराणमा उल्लेख भए अनुसार षष्‍ठी माताले सम्पूर्ण बालकलाई रक्षा गर्ने गर्छिन त्यसैले बच्चा जन्मेको छैठौं दिन षष्‍ठी या छठी पुजा गरेन प्रचलन रहेको छ।  

'षष्‍ठांशा प्रकृतेर्या च सा च षष्‍ठी प्रकीर्तिता।
बालकाधिष्‍ठातृदेवी विष्‍णुमाया च बालदा।।
आयु:प्रदा च बालानां धात्री रक्षणकारिणी।
सततं शिशुपार्श्‍वस्‍था योगेन सिद्ध‍ियोगिनी।।"
-(ब्रह्मवैवर्तपुराण,प्रकृतिखंड 43/4/6) 

षष्‍ठी मातालाई नै सामान्य बोलीचालीको भाषामा छठी माता भन्ने गरिएको हो।  षष्‍ठी देवी लाई ‘ब्रह्माको मानसपुत्री’ पनि मान्ने गरिन्छ। पुराणमा छठी मैयाको एक नाम कात्यायनी पनि हो।  यिनको पुजा नवरात्रको षष्‍ठी तिथि‍मा हुज्ने गरेको छ।  

बाघमा बस्ने, चार हात भएकी, बया हातमा कमलको फुल र कमल लिएकी र दायाँ हात अभय र वरद मुद्रामा आसिन माता योद्धाकी देवी हुन्।  राक्षसको अन्त्य गर्नका लागि माता पार्वतीले कात्यान ऋषिको आश्रममा जन्म लिएकाले उनको नाम कात्यायनी हुन गएको हो।  

मान्यता अनुसार छठी माता भगवान सुर्यकी बहिनी पनि हुन्।  त्यसैले छठी मातालाई प्रसन्न गर्नका लागि छठको अवधिमा सुर्य भगवानको बिधि विधानका साथमा पुजा अर्चना गर्ने गरिन्छ।     

छठ पुजा

विशेष