कपिलवस्तुमा गोली चल्यो, एकको मृत्यु
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोली लागि स्थानीय सुरज कुमार पाण्डेको मृत्यु भएको छ । लक्ष्मी पूजाको मूर्ति बिसर्जनका क्रममा भएको विवादका कारण स्थानीय दुई समूहबीच झडप भएको थियो ।
दुईपक्षको विवाद हिंसाको तहसम्म पुगेपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालिन कर्फ्यू लगाएको थियो । तर, कर्फ्यूकाबीच पनि प्रदर्शन भएपछि प्रहरीले नियन्त्रणमा लिन गोली चलाउँदा पाण्डेको मृत्यु भएको हो ।
कर्फ्यू कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि लगाइएको प्रशासनले जानकारी दिएको छ ।
प्रशासनले कर्फ्यूको अवज्ञा गरेमा कानुन वमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।