कुटपिट गरेको आरोपमा मेयरका छोरा पक्राउ

कैलालीः जिल्लाको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडका छोरालाई कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मेयर ओडका २० वर्षीय छोरा निखिललाई जिल्ला प्रहरी कार्यालय कैलालीले कुटपिट गरेको आरोपमा पक्राउ गरेको हो।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा २० वर्षकै पारस जोशीलाई ईटा प्रहार गरी घाईते बनाएपछि निखिललाई पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । घाईते जोशीको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भईरहेको छ । जोशीको निधारमा चोट लागेको छ ।
धनगढी उपमहानगरपालिका कुटपिट नृपबहादुर ओड