विदेश

जम्मु–कश्मिर औपचारिक रुपमा विभाजित, लद्दाख छुट्टै राज्य

जम्मु–कश्मिर औपचारिक रुपमा विभाजित, लद्दाख छुट्टै राज्य

एजेन्सी । भारत प्रशासित जम्मू–कश्मीर बिहीबारदेखि औपचारिक रुपमा विभाजित भएको छ । जम्मू–कश्मीरबाट लद्दाखलाई विभाजन गरी छुट्टै प्रदेश बनाइएको छ । दुवै अब केन्द्र शासित प्रदेश भएका छन् ।

भारतले गत अगस्ट ५ मा संविधानको धारा ३७० र ३५ ए खारेज गरेको थियो । आजदेखि सो निर्णय कार्यान्वयनमा ल्याइएको जनाइएको छ । संविधानको धारा ३७० र ३५ ए ले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिएको थियो ।

यो हटेसँगै राज्यले पाएको विशेष दर्जा सकिएको छ । भारतको इतिहासमा कुनै पनि राज्यलार्य केन्द्र शासित प्रदेश बनाएको यो पहिलो घटना हो । 

विशेष