अस्पताल पुगेका नेकपा नेताहरुले नै प्रधानमन्त्री भेट्न पाएनन्
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु ग्राण्डी अस्पताल पुगेका छन् ।
नेकपाका प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, नेता भीम रावललगायत ओलीको अवस्था बुझ्न ग्राण्डी अस्पताल पुगे पनि नेताहरुले प्रधानमन्त्री ओलीलाई भने भेट्न पाएनन् । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले अस्पतालका निर्देशक चक्र राज पाण्डेसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको बताए ।
यस्तै, नेता भीम रावलले पनि प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलाइसिस भइरहेकाले भेट्न नपाएको बताए । चिकित्सकसँगै जानकारी लिएर फर्किएको उनको भनाइ छ ।