News

महराविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै

महराविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै

काठमाडौँ —  निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कारको प्रयास गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्ने तयारी भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले केही बेरमै महराविरुद्ध बलात्कारको प्रयास गरेको अभियोगमा  मुद्दा दर्ता गर्न लागेको छ। सरकारी वकिलको कार्यालयले प्रहरी प्रतिवेदनका आधारमा मुद्दाको दर्ता गर्न लागेको हो।

सरकारी वकिलको कार्यालयका अनुसार, बिहीबार अपरान्हसम्ममा महराविरुद्ध मुद्दा दर्ता हुनेछ। तर कुन अभियोग र के मागदाबी हुनेछ भन्नेबारे सरकारी वकिलको कार्यालयले खुलाएको छैन।

बिहीबार मुद्दा दर्तापछि समय बाँकी नरहने भएकाले शुक्रबारदेखि महरामाथि थुनछेकको बहस हुनेछ। अनि उनलाई थुनामा राखेर मुद्दा अघि बढाउने, धरौटी वा साधारण तारिखमा छाड्ने भन्ने अदालतले तय गर्नेछ। यसअघि तिहार बिदा सुरु हुनुभन्दा अघिल्लो दिन प्रहरीले महरामाथि दुई अभियोगमा मुद्दा चलाउन रायसहित प्रतिवेदन बुझाएको थियो।

विशेष