अन्ततः प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बाहिरियो, 'लो ग्रेड' ज्वरोका कारण थप सतर्कता
काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा ओली बुधबार धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएर डायलाइसिस गराएका छन्। त्यसले स्वास्थ्य अवस्थामा सुधार नभएपछि उपचारमा संलग्न चिकित्सकीय टोलीले दोस्रो पटक डायलाइसिस गर्ने तयारी थालेको छन् । प्रधानमन्त्रीलाई बुधबार आईसीयूमा राखेर गोप्य रूपमा पहिलो डायलाइसिस गरिएको थियो ।
अस्पतालस्थित उच्च स्रोतका अनुसार हिजो डायलाइसिस गरिए पनि त्यसको परिणाम राम्रो नआएका कारण पुनस् डायलाइसिस गर्ने तयारी गरिएको हो।
स्रोतका अनुसार प्रधानमन्त्रीको रगतमा क्रियाटिनिनको स्तर सामान्य भन्दा निकै नै माथि छ र डायलाइसिस पछि पनि त्यो कम भएको छैन। यस्तै प्रधानमन्त्रीलाई अहिले ुलो ग्रेडु ज्वरो पनि आइरहेको छ। तर ज्वरोको कारण भने खुट्टिन सकेको छैन। चिकित्सकीय हिसाबमा इम्युनोसप्रेसिब खाइरहेको बिरामीको रगतमा संक्रमण देखिनु राम्रो मानिँदैन। त्यसैलेहिजै उनको रगतको कल्चरका लागि पठाइएको छ। जसको रिपोर्ट आउन ७२ घण्टा लाग्छ।
ुप्रधानमन्त्री ओलीको उपचार प्रक्रिया र परीक्षण रिपोर्टलाई अत्यन्तै गोप्य राखिएकोले ठ्याक्कै भएको के छ भन्न गाह्रो छ,ु उनले भने, ुउच्च सतर्कताका साथ उहाँको उपचार भइरहेको छ।ु
प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा।डा। दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा भने प्रधानमन्त्री नियमित उपचारप्रक्रियाका लागि भर्ना भएको उल्लेख थियो।
‘उहाँको स्वास्थ्यस्थिति सामान्य छ। सम्माननीयज्यूको आवश्यक परीक्षण पूरा भएपछि आज राति वा भोलिसम्म डिस्चार्ज गरिनेछ,’ विज्ञप्तिमा भनिएको थियो।