News

प्रचण्ड प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न ग्राण्डी अस्पतालमा

प्रचण्ड प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न ग्राण्डी अस्पतालमा

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न ग्राण्डी अस्पताल पुगेका छन्। नेकपा अध्यक्ष प्रचण्ड केही समय अगाडि मात्रै पार्टीका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका हुन्।

नियमित स्वास्थ्य परीक्षणका लागि बुधवार बिहान धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल गएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएपनि अवस्था जटील नै रहेकाे स्राेतकाे भनाइ छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था ग्राण्डी अस्पतालमा भर्ना भएपछि बुधबारै प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस गरिएको जनाइएको छ । पुन बिहीबार पनि प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस हुँदै छ । केही समय अगाडि मात्रै नेकपाका प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, नेता भीम रावललगायत ओलीको अवस्था बुझ्न अस्पताल गएका थिए ।

तर प्रधानमन्त्रीको मिर्गौलाको डायलासिस जारी रहेका कारण श्रेष्ठ र रावलले भने भेट्न पाएनन् । नेकपा प्रवक्ता श्रेष्ठले अस्पतालका निर्देशक चक्र राज पाण्डेसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताए । 

विशेष