सभामुख काण्ड ; अन्तत रोशनी शाहीलाई दिए पतिले डिभोर्स !

सभामुख काण्ड ; अन्तत रोशनी शाहीलाई दिए पतिले डिभोर्स !

काठमाडौँ , निवर्तमान सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहार गरेको र त्यसपछिको फेरिएको बयान दिएका कारण चर्चामा रहेकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई अन्तत उनका पति चित्रजंग शाहीले डिभोर्स दिएका छन।  

२८ बर्षे सहयात्रालाई टुंग्याउदै शाहीले रोशनीलाई डिभोर्स दिएका हुन्। आफुले रोशनीलाई डिभोर्स दिएको जानकरी शाहीले फेसबुक मार्फत गराएका छन।  जहाँ रोशनी र चित्रजंग दुवैले हस्ताक्षर गरेको एउटा पेपर पनि सार्वजनिक गरिएको छ । 

उनले 'हामी २८ बर्ष सम्म संग संगै दिन बितायैां र समयकेा गति संगै अलग हुने निर्णायमा पुगैका छाै । धन्यवाद शुभचिन्तकहरूमा' । भन्दै उक्त पत्र सार्वजनिक गरेका छन।  

सभामुख महराले रोशनीले यौन दुर्व्यवहारको आरोप लगाएपछि मंगलवार पदबाट राजिनामा दिएका थिए।   

  

रोशनी शाहीलाई दिए पतिले डिभोर्स सभामुख महरा प्रकरण

संम्बधित खबर

विशेष