साइन्स ल्याबमा बन्यो कृतिम रगत , अब रगतको अभावमा बिरामी मर्नु नपर्ने !

साइन्स ल्याबमा बन्यो कृतिम रगत , अब रगतको अभावमा बिरामी मर्नु नपर्ने !

 २१ औं शताब्दीको युग बिज्ञान र प्रविधिको युग हो। विज्ञानको नया नया खोज र अनुसन्धानका कारण पछिल्लो समय मानव जीवन सरल र सहज बन्न थालेको छ।  यसका बाबजुत विज्ञानले कुनै पनि मानिसलाई जीवन र मृत्युबाट भने बचाऊन सकेको छैन।  तर जापानका एक बैज्ञानिकले कृतिम रगत बनाएर मानिसलाई पुनर्जीवन दिन थालेका छन।  

यस कृतिम रगतलाई  जापानको टोकोरोजावा स्थित नेशनल डिफेंस मेडिकल कलेजमा तयार गरिएको हो।  कृतिम रगतको निर्माणसंगै अब कुनै पनि मानिस रगतको अभावमा मर्न नपर्ने अपेक्षा गरिएको छ।  

यो रगत जुन सुकै ब्लड ग्रुपका मानिसलाई दिन सकिने बैज्ञानिकहरुको भनाइ रहेको छ।  ओ नेगेटिभ जस्तो दुर्लभ रगत भएका बिरामीहरुलाई पनि यो रगत दिएर बचाउन सकिने छ।  

खरायोमा पहिलो परिक्षण 

जापानी बैज्ञानिकले पहिलो पटक यस कृतिम रगतको प्रयोग खरायोमाथि गरेको थियो।  जुन सफल पनि भयो यसको निर्माण राता रक्तकोष, अक्सिजन र प्लेटलेट्स प्रयोग गरि बनाईएको हो ।  

यो संगै अब कुनै पनि बिरामीले रगतको अभावमा अकालमा मर्नु नपर्ने बैज्ञानिकहरुले बताएका छन।  

 

 

संम्बधित खबर

विशेष